Connect with us
Kapilvast Forest

प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगे शशांक

२०७८, ४ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । महामन्त्री कोइराला नेता सिंहलाई भेट्न उनको निवास चाक्सबारी पुगेका थिए ।

दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको दुबै नेताका सहयोगीले बताएका छन् । महामन्त्री सिंह पछिल्लो समय पौडेल समूहमा असन्तुष्ट रहेको र सभापतिमा उम्मेदवारी दिन एक्लै अघि बढेको चर्चा भइरहेका बेला यो समूहका सभापतिका आकांक्षी सिंहलाई भेट्न उनको निवास पुगिरहेका छन् ।

 

सिंहलाई भेट्न बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल, शुक्रबार केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि पुगेका थिए । तीन दिन संखुवासभा बसेर शनिबार साँझ फर्किएका महामन्त्री शशांक कोइराला भोलिपल्टै नेता सिंहलाई भेट्न उनको निवास पुगेका हुन् ।

गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौंबाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले पनि काठमाडौंबाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।

दुई नेताबीचको छलफलले हार्दिकता बढाउन सहयोग गर्ने उनीहरु निकट नेताहरुले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu