Connect with us
Kapilvast Forest

नेकपा (एस) शिवराजको अध्यक्षमा पौडेल

२०७८, ४ मंसिर शनिबारमा प्रकाशित

 

कपिलवस्तु -नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटीले पूर्णता पाएको छ । शनिबार खरेन्द्रपुरस्थित देउराली रिसोर्टमा भएको प्रथम नगर भेलाले सरोज पौडेलको अध्यक्षतामा ५१ सदस्यिय नगर कमिटी निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा गशेणराम थारु, सचिवमा विष्णु पाण्डे, उप–सचिवमा पवित्रा बस्नेत र अन्य सदस्यहरुमा रहनुभएको नेकपा (एस) शिवराज नगर कमिटीले जनाएको छ ।

यसभन्दा अगाडी पार्टीको जिल्ला कमिटीको बैठकले पौडेललाई नगरको अध्यक्ष बनाए पनि कमिटीले पूर्णता पाएको थिएन । पार्टीको केन्द्रीय सर्कुलर अनुसार नगर कमिटी निर्माण गर्नुपर्ने भएकाले शनिबार प्रथम नगर भेलाले विधानमा तोके अनुसारको ५१ सदस्यिय नगर कमिटी गठन गरिएको हो ।

सर्वसम्मत निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

यस्तै प्रथम नगर भेलाले पार्टीका जनवर्गीय संगठन पनि गठन गरेको छ । जसमा रुपिन्द्र आचार्यको अध्यक्षतामा ५१ सदस्यिय युवा संघ नेपाल शिवराज नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा नुरद्धिन शेख, सचिवमा गम्भीर पुन मगर, सह सहचिव दुर्गा आचार्य लगायत अन्य सदस्यहरुमा रहनुभएको छ ।

यस्तै आशा सुनारको अध्यक्षतामा १५ सदस्यिय अखिल नेपाल महिला संघ (समाजवादी) को नगर कमिटी गठन गरिएको छ ।

यसैगरी महोम्मद हुसेन शेख खाँको अध्यक्षतामा १३ सदस्यिय मुस्लिम इत्तेहाक संगठन गठन गरिएको छ भने कुश बहादुर विकको अध्यक्षतामा २५ सदस्यिय नेपाल दलिय मुक्ति संगठनको नगर कमिटी गठन गरिएको छ ।

नगर भेलालाई सम्बोधन गर्दै केन्द्रीय कमिटी सदस्य खत्रीले आगामी चुनावमा शिवराजमा एकीकृत समाजवादीले आफ्नो वर्चश्व देखाउने बताउनुभयो । आफुहरुको पक्षमा जनताको अपार माया रहेको भन्दै सच्चा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नै भएकाले सबैलाई गोलबन्ध भएर लाग्न आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मीना परियारले मधेसी जनताको अपार माया आफुहरुले पाएको भन्दै एकीकृत समाजवादी मधेसी जनता बीच लोकप्रिय भएर देखाउने बताउनुभयो । केपी ओलीको कारण कम्युनिष्ट पार्टी तहसनहस भएको भन्दै कम्युनिष्ट आन्दोलन बचाउनका लागि आफुहरुले नयाँ पार्टी पुर्नगठन गरेर जनताको बीचमा आएको उहाँले बताउनुभयो ।

पार्टीका केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफले केपी ओलीको पार्टी अब जनताबाट पराजित हुँदै गएको चर्चा गर्दै एकीकृत समाजवादी पार्टी तर्फ आकर्षण बढेको बताउनुभयो । कम्युनिष्ट पार्टी सक्ने दिशामा अगाडी बढेका कारण एमाले पार्टीबाट विद्रोह गरी एकीकृत समाजवादी पुर्नगठन गर्नुपरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष लंका बहादुर हमाल, लुम्बिनी प्रदेश कमिटी सदस्य जिवलाल पौडेल, एमडी हसन, जिल्ला उपाध्यक्ष गीता अन्जान, जिल्ला उप सचिव ओमप्रकाश कुर्मी, शिवराज नगर इन्चार्ज छविलाल शर्मा लगायतले बोल्दै एकीकृत समाजवादीको कलम चिह्नले आगामी दिनमा शिवराजमा चुनाव जित्ने बताउनुभयो ।

नगर कमिटी अध्यक्ष पौडेलको अध्यक्षतामा भएको प्रथम नगर भेलामा अनेरास्ववियूका जिल्ला उपाध्यक्ष सम्झना चौधरीको स्वागत मन्तव्य, पार्टी जिल्ला कमिटी सदस्य दिपक अनुरागी र विष्णु पाण्डेको सञ्चालन रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu