Connect with us
Kapilvast Forest

एमसीसीबारे गठबन्धनले निर्णय गर्छ : अर्थमन्त्री शर्मा

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

चितवन – अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आज आइतवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयअनुसार चल्ने बताउनुभएको हो ।

मन्त्री शर्माले भन्नुभयो, ‘यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।’ देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताउनुभयो ।

अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भन्नुभयो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । धुर्मुस–सुन्तली फाउन्डेशनले साहसिक कदम अघि बढाएको भन्दै उहाँले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरूलाई निराश नहुनुस् र अघि बढ्नुस् भनेको छु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu