Connect with us
Kapilvast Forest

नेप्से ७.९० अंकले वृद्धि

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

nepse high

काठमाडौं – आइतबार गिरावट आएको शेयर बजार सोमबार भने सुधारिएको छ ।शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको हो । सोमबार नेप्से ७.९० अंकले वृद्धि भएको छ ।

सोमबार नेप्से २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक १.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो ।ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu