अब १० मिनेटमा आईपीओको नतिजा हेर्न सकिने
काठमाडौं-घन्टाैँ कुर्नुपर्ने आईपीओकाे नतिजा अब उप्रान्त १० मिनेटमा नै हेर्न सकिने भएकाे छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओकाे नतिजा हेर्न सञ्चालनमा ल्याएकाे https://iporesult.cdsc.com.np/ नामक वेभसाइट अप्टिमाईज गरेसँगै १० मिनेटमा नै आईपीओकाे नतिजा हेर्न सकिने भएकाे हाे ।
यसअघि आईपीओ बाँडफाँड भएकाे घन्टाैँ बितीसक्दा पनि लगानीकर्ताहरूले आईपीओकाे नतिजा हेर्न पाउँदैन थिए । सिडीएससीले आईपीओकाे नतिजा हेर्ने वेभसाइट अप्टिमाईज गरेपछि अब भने लगानीकर्ताहरूलाई सहज हुने भएकाे छ ।