Connect with us
Kapilvast Forest

गुडिरहेको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

death

 

उदयपुर-सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट(कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका(६ जलजलेको मोहनपुरको जंगलमा बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका(५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनु भयो ।

 

गाईघाटस्थित आफन्तको आएर फर्किने क्रममा बसबाट झरेका हुन । त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेको शर्मा बसको ढोकाबाट चुरोट सेवन गर्ने क्रममा ढोकाबाट झरेको बसका कर्मचारीको भनाइ रहेको छ । शर्माको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu