सवारी दुर्घटनामा माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको निधन
बुटवल -नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे टंकमणीु को दुर्घटनामा परि निधन भएको छ । मंगलबार साँझ बुटवलमा बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएपछि घाईते भएका बन्जाडेको बुटवलस्थित सिटि अस्पतालमा बुधबार बिहान ५:३० बजे निधन भएको सो पार्टीले जनाएको छ ।
भालुवाङबाट फर्किदै गर्दा बुटवल उपमहानगरपालिकाको बेलबासमा ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो । दुर्घटना लगत्तै अस्पताल पुर्याईएका उहाँलाई बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।
बिद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका बन्जाडे अखिलको केन्द्रिय महासचिव सम्म हुनु भएको थियो ।लामो समय अर्घाखाँची र रुपन्देहीको पार्टीको नेतृत्व गर्नु भएको थियो । ।