Connect with us
Kapilvast Forest

बयासी श्रमिक कोरिया प्रस्थान

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

 

काठमाडौँँ-कोरोनाका कारण लामो समयदेखि रोकिएको दक्षिण कोरियाको रोजगारी प्रक्रिया खुलेसँगै बुधबार दोस्रो चरणमा ८२ जना प्रतिबद्ध श्रमिक कोरिया गएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुुमति प्रणाली (ईपीएस) शाखाअनुसार दक्षिण कोरियामा तीन वर्ष १० महिना काम गरेर नेपाल फर्किएका ८२ जना प्रतिबद्ध श्रमिक कोरिया गएका हुन् ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई बुधबार अपराह्नमा श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्री कृष्णकुुमार श्रेष्ठ, श्रम मन्त्रालय सचिव सूूर्यप्रसाद गौतम, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस शाखा प्रमुुख सुुरेश राउतसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुुभयो ।

दोस्रो चरणमा ९४ जना श्रमिकलाई पठाउने तयारी भएकामा १५ जनाको भिसा प्रक्रियामा ढिलाइ भयो भने अर्का एक जनाको कोरोना जाँचमा पोजेटिभ रिपोर्ट आएकाले ८२ जना मात्रै पठाउन थालिएको विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिनुुभयो । यसअघि पहिलो चरणमा कात्तिक १० गते ४८ जना प्रतिबद्ध श्रमिक कोरिया पुगिसकेका छन् ।

कोरियाले सन् २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा कोरियाबाट फर्केका लगभग डेढ सय प्रतिबद्ध श्रमिकको नामसमेत पठाइसकेको छ । विभागका अनुसार पहिलो र दोस्रो चरणमा गरेर १२० जना कोरिया गएका छन् ।
विभागका निर्देशक काफ्लेले अब अर्को चरण डिसेम्बरमा ३०० जना र जनावरीमा ५०० सय जना कोरिया लैजाने तालिका विभागमा आएको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “योबाहेकको अर्का दुुई चरणमा ८०० श्रमिक उडेपछि बाँकी रहेकालाई अबको साढे दुुई महिनापछि नियमित उडानमार्फत लैजाने भन्ने सूचना प्राप्त भएको छ । कोरिया सरकारले ईपीएसमार्फत नेपालसहित १६ देशका श्रमिक लैजाने गरेकामा कोरोनापछि नेपालबाट श्रमिक लैजान सुुरु गरेको हो । ”

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली श्रमिक जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको जनाएको छ ।
कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार बढी श्रमिक पर्खाइमा छन् । दक्षिण कोरियालाई नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यका रूपमा लिइन्छ ।

ईपीएस कोरिया शाखाका निर्देशक राउतले नियमित भाषा परीक्षा उत्तीर्ण गरेर ‘लेबर कन्ट्र्याक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रूपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि रोकिएको जानकारी दिनुुभयो ।
यसअघि ईपीएस शाखाले दक्षिण कोरियामा सीधा हवाई उडानका लागि टिकटको मूल्य तय गर्न विभागले टेन्डर आह्वान गरेको थियो । टेन्डरमा कोरियन एयरलाइन्सको मात्रै आवेदन परेपछि विभागले सार्वजनिक खरिद ऐनअनुसार नभएको भन्दै रद्द गरेको छ । निर्देशिका संशोधनपछि प्रतिबद्ध श्रमिक जाने बाटो खुला भए पनि भाषा परीक्षा दिएर बसेका हजारौँ नेपालीको कोरिया यात्रा अझै अनिश्चित छ ।

कोरिया र नेपाल सरकारले नयाँ मापदण्ड तयार गरेर कोरिया जाने श्रमिकले अब अनिवार्य रूपमा बीमा गनुपर्नेछ । कोरिया पुगेपछि त्यहाँको सरकारले तोकेको १४ दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च स्वयं श्रमिकले बेहोर्नुपर्ने व्यवस्था मापदण्डमा उल्लेख छ । त्यस्तै आवश्यकता परेको खण्डमा श्रमिकले ४८ घण्टाको पीसीआर गर्नुपर्नेछ ।
सरकारले ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकले अब आफैँ खोजेर नेपालबाट सीधा दक्षिण कोरिया जान सक्ने व्यवस्था गरेको छ । दशैँअघि बसेको मन्त्रिपरिषद्को बैठकले ईपीएसको सबै प्रक्रिया पूरा गरेको श्रमिक नेपालबाट सीधा उडानमार्फत कोरिया जान सक्ने व्यवस्था गरेको हो ।

यो व्यवस्था हाल रहेको कोरोनाको अवस्था सामान्य नहुँदासम्मका लागि मात्रै भएको ईपीएस शाखाका निर्देशक राउतले जानकारी दिनुुभयो । उहाँका अनुसार कोरियाले ट्रान्जिट उडानबाट नभई सीधा उडानबाट श्रमिक लैजाने व्यवस्था गरेसँगै नेपाली श्रमिकलाई थप आर्थिक भार पर्नेभएको छ । यसअघि नेपाली श्रमिक हङकङ, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई)लगायतका मुलुकलाई ट्रान्जिट बनाएर दक्षिण कोरिया जाने गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu