ओलीले मञ्चमा पुग्नै लाग्दा जब गैडा देखे…(फोटोफिचर)
चितवन- नेकपा एमालेको चितवनमा आयोजित १०औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
शुक्रबार नारायणी नदीको किनारमा आयोजित उद्घाटन सभामा देशका विभिन्न ठाउँबाट लाखौ कार्यकर्ता आएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नारायणी नदीको किनारमा रहेको मञ्च नजिकै पुग्नु अघि बनाईएको गैडाको मस्कटमा नजर समेत लगाएको थिए ।
मालेले महाधिवेशन लाई लक्षित गर्दै महाधिवेशनको प्रचार लोगो र झन्डा सार्बजनिक गरेको गैडाको मस्कट मञ्चको छेउमा राखेको थियो । महाधिवेशन लाई थप आकर्षक बनाउन चितवनको पहिचान झल्कने एमालेको झन्डा समाएको गैडाको मस्कट राखेको थियो ।
उद्घाटन सत्रलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए ।


