माओवादी केन्द्र कपिलवस्तुका दश पालिकामा सम्मेलन सुरु,सात वटामा नया नेतृत्व चयन
नेकपा माओवादी केन्द्रको कपिलवस्तुका आज दश पालिकामा सम्मेलन सुरु भएको छ । केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्लाको सबै ठाउँमा सम्मेलन सुरु भएपनि सात वटामा नेतृत्व चयन भएको जिल्ला संयोजक विष्णु शाहले बताउनुभयो । अन्य तिन वटा पालिकामा उद्धघाटन सत्र सकिएको र वन्द सत्र केहि दिनमै हुने बताइएको छ ।
शिवराज नगरपालिकाको अध्यक्षमा द्रोण बहादुर पुन(दिनेश),उपाध्यक्षम उमा विक,चुर बहादुर खड्का,चिन्ता परियार,सचिवमा भरत पोख्रेल,सह सचिव शिशिर लामिछाने,कोषाध्यक्षमा यमलाल भुसाल सहित ५९ सदस्य समिति चयन गरिएको छ ।
त्यस्तै बुद्धभुमि नगर कमिटिको अध्यक्षमा बसन्त गिरी,उपाध्यक्षमा नुजामद्धिन फकिर,कमला भुसाल,कमला बेल्वासे,सचिवमा रावेन्द्र कुमार ठाकुर,सह सचिव विरेन्द्र मिश्रा,कोषाध्यक्षमा नारायण खड्का सहित ५३ सदस्य कमिटि गठन भएको छ ।
कृष्णनगर नगर समितिको अध्यक्षमा जावेद आलम खा वरिष्ठ उपाध्यक्ष सवनम खातुन,उपाध्यक्ष प्रलाद यादव, जगनारायण कलवार,सचिव गणेश बन्जाडे ,सहसचिव सहवाज खान,कोषाध्यक्ष बलवन्द कुमार गुप्ता लगाएत ५९ सदस्य कमिटि गठन गरिएको छ ।
त्यस्तै बिजयनगर गाउँसमितिमा तेज प्रसाद पौडेलको अध्यक्षतामा निर्विरोधन समिति चयन भएको छ । जसको उपाध्यक्षमा सावित्रा चापागाई,नारायाण कलवार,देविराम भट्टराई सचिवमा धुर्व सापकोटा,सहसचिवमा बसन्त कटवाल,कोषाध्यक्षमा जेमलाल खत्री सहित ५० सदस्य चयन गरिएको छ ।