Connect with us
Kapilvast Forest

लागुऔषधसहित तीनजना पक्राउ

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

pakrau

 

कञ्चनपुर-पुनर्वास नगरपालिका–६, मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीनजनालाई पक्राउ परेको छ ।

से४प ३३००८ नम्बरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका कैलाली उपमहानरपालिका–१, एलएनचोक बस्ने २० वर्षीय रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–१०, मालाखेती बस्ने २१ वर्षीय आशिष भाट तथा ओलानी बस्ने २१ वर्षीय नीरज बडैलालाई नेट्राभेट–१० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनु भयो ।

उनका अनुसार तीनैजनाले लागुऔषधसमेत सेवन गरेको अवस्थामा रहेका थिए । लागुऔषधसहित तीनैजनाको साथबाट तीनथान मोबाइल, एक हजार ४०० रुपैयाँसमेत बरामद गरिएको छ । लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj