रायमाझी र भट्ट ओलीलाई भेट्न गए
सौराह- पूर्व माओवादी पक्षका नेताहरु टोपबहादुर रायमाझी र लेखराज भट्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानु भएको छ । चितवनको सौराहमा जारी एमाले महाधिवेशनको बन्द सत्रको दोस्रो दिन आज रायमाझी र भट्ट ओलीलाई भेट्न जान भएको छ ।
एमालेको जारी दसौं महाधिवेशनमा पूर्व माओवादी पक्षका नेताहरुले कम्तीमा तीन पदाधिकारीसहित केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखिरहेको बेला उहाँहरुले भेट गर्नु भएको हो ।
पूर्व माओवादी पक्षले रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्षरउपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने माग गर्नु भएको छ ।
यस्तै प्रभु साह र मणी थापाले पनि पदाधिकारीमा आफ्नो दाबी पेश गर्नुृ भएको छ ।पूर्व माओवादी पक्षका नेता मणी थापाका अनुसार आफूहरुको पक्षबाट पनि पदाधिकारी र केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्ने भन्दै रायमाझी र भट्ट ओलीलाई भेट्न गएको बताउनु भयो।