Connect with us
Kapilvast Forest

कुटपिटबाट बझाङमा एकजनाको मृत्यु

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

बझाङ – जयपृथ्वी नगरपालिका(७ ज्वाडाका एक पुरुषको कुटपिटबाट हत्या भएको छ। ​ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको सोही वडाका दीपेन्द्र थापाले शनिवार राति करिव पौने ८ बजे हत्या गरेको प्रहरीले जनाएको छ।

कुली बाँधको घाटमा आगो तापिरहेका बेला उनीहरूबीच सामान्य भनाभन हुँदा भण्डारीले आगोको अगुल्टोले हानेको र थापाले बाहिर ल्याएर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

कुटपिटपछि घाइते भएका भण्डारीलाई शनिबार राति उपचारको लागि जिल्ला अस्पताल ल्याइए पनि राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दीपेन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu