Connect with us
Kapilvast Forest

लोकतन्त्रको नाममा पार्टी कमजोर बनाउन दिइन्न’

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं – चितवन महाधिवेशनस्थलमा भीम रावलको पक्षमा भोट माग्दै पर्चा वितरण गरिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका प्रतिनिधिहरुले विरोध जनाएका छन् ।

लोकतन्त्रको नाममा भीम रावलको पक्षमा भोट माग्दा पार्टी कमजोर बन्ने उनीहरुको बुझाइ छ ।

 

एमाले प्रतिनिधिहरुलाई रावल पक्षको पर्चा वितरण गरिएको सन्दर्भमा अनलाइखबरलाई प्रतिक्रिया दिंदै एमाले प्रतिनिधि खेमप्रसाद लोहनीले भने, ‘एकताको विपक्षमा, पार्टीलाई कमजोर बनाउने पक्षमा, लोकतन्त्रको नाममा कोही आउनुहुन्छ भने हामी त्यो अराजकतालाई समर्थन गर्न साथ दिन सक्दैनौं ।’

उनले अगाडि भने, ‘हामी लोकतन्त्रको नाममा अराजकतालाई प्रश्रय दिन सक्दैनौं । लोकतन्त्रको नाममा पार्टीलाई कमजोर बनाउने दिशामा हिंड्न दिंदैनौं । यतिबेला नेकपा एमाले एकताबद्ध भएर सशक्त पार्टी निर्माण गर्नुपर्ने व्यापक जनताको चाहनालाई सम्मान गर्नुपर्ने हाम्रो अहिलेको दायित्व हो ।’ लोहनीले ९९ प्रतिशत प्रतिनिधिहरुले पार्टीलाई कमजोर बनाउने विषयलाई मन नपराउने बताए ।

एमालेका अर्का प्रतिनिधि पुण्यप्रसाद पौडेलले रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर बार्गेनिङ गरेको आरोप लगाए । ‘हामीले एकताको कुरा गरेर सबैभन्दा श्रेष्ठ पार्टी बनाउनुपर्ने ठाउँमा उहाँले बखेडा झिकेर, हरेक कुरामा बार्गेनिङ गरिरहनुहुन्छ ।’

स्वरुप सुयालले पार्टी कार्यकर्ताहरुलाई अनुशासनको निश्चित परिधीभित्र राख्न र निर्वाचन आयोगले तोकेको निश्चित क्षेत्रभित्र मात्र प्रचार गर्न पाउने व्यवस्था बमोजिम भीम रावल पक्षका कार्यकर्ताहरुलाई बन्दसत्रको हलको प्रवेशद्वारभन्दा बाहिर निकालिएको बताए ।

अर्का प्रतिनिधि भिष्म अधिकारीले विगतका महाधिवेशनभन्दा १० औं महाधिवेशन भिन्न भएकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न खोजिएको बताए । पार्टीलाई अझ संगठित गरेर विवादलाई कम गरेर लैजानुपर्ने उनले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu