कांग्रेस दैलेख सभापतिमा पौडेल समूहका रेग्मी निर्वाचित
दैलेख-नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित हुनु भएको छ ।सभापति शेरबहादुर देउवा समूहका घनश्याम भण्डारीलाई हराउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर रेग्मी सभापतिमा निर्वाचित हुनु भएको हो ।
सभापतिमा निर्वाचित रेग्मीले ७९१ मत प्राप्त गर्नु भयो भने प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत पाउनु भयो ।उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिवमा महेन्द्र शाही र कनक सेना विजयी हुनु भएको छ । सबै वरिष्ठ नेता पौडेल समूहले विजयी हासिलगरेका छन ।