Connect with us
Kapilvast Forest

एमाले अध्यक्षका लागि ओली र रावल भिड्दै

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

चितवन – नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ ।

सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गर्नु भएको थियो । मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गर्नु भएको थियो । उहाँले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गर्नु भएको थियो । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गर्नु भयो ।

बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताउनु भयो । असहमति र असन्तुष्टि हुनु स्वभाविक भएपनि बाहिर लैजान राम्रो नभएको भन्दै उहाँले भन्नु भयो ‘मैले धेरै पटक भीम रावललाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरेँ, तर सम्झाउन सकिएन ।’

महाधिवेशन प्रतिनिधिहरुले ताली बजाए । लगतै ओलीले अघि भन्नु भयो ‘सिंगै हलले भनेको भन्दा बहिर नजान भीम रावललाई आग्रह गर्दछु ।’तर रावलले लामो बहस गर्न चाहेनन् र अध्यक्षको उम्मेदवार हुने बताउनु भयो । ‘रात गएर विहान भयो कमरेडहरु सुत्न पाउनु भएको छैन,’ उहाँले भन्नु भयो , ‘लामो बोल्दिनँ । मलाई फर्किन गाह्रो हुन्छ, अध्यक्षमा उम्मेदवारी दिन्छु ।’

रावलले अडान नछडेपछि हलमा होहल्ला भयो । रावलविरुद्ध नारा हुटिङ भयो । तर ओलीले शान्त रहन आग्रह गर्दै भन्नु भयो भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’

उहाँले सहमतिका लागि १९ पदाधिकारीको प्रस्ताव राखे र त्यसअनुसार नै उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गर्नु भएको थियो ।

एमालेको निर्वाचन अयोगका प्रमुख डा। विजय सुब्बाका अनुसार सोमबार विहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने समेत उहाँले जानकारी दिनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu