कांग्रेस महाधिवेशन कपिलवस्तु पालिका तर्फ: पौडेल पक्षको वर्चश्व
कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तु को पालिका तर्फ २६ जना जिल्ला सदस्यको लागि भएको मतदानमा पौडेल प्यानलका २२ जना र देउवा प्यानालका ४ जना निर्वाचित भएका छन । आइतबार भएको निर्वाचनबाट पौडेल पक्षका २२ जना पौडेल प्यानल र ४ जना देउवा प्यानलका उम्मेद्वार विजयी भएका हुन ।पालिका तर्फको मत गर्णना सकिए लगत्तै अव जिल्ला कार्यसमितिको गतगणना को तगारीमा जिल्ला निर्वान आयोग जुटेको छ ।
कांग्रेसको १४ औं अधिवेशनको पालिका तर्फको नतिजामा पौडेल पक्ष हावि देखिको छ । सोहि अनुसार आंकलन गर्दा जिल्ल सभापतिमापनि पौडेल पक्षको ति हुने अन्ताज लगाउन सकिन्छ ।
कुल १ हजार ८ सय १६ मतदाता रहेको कांग्रेस कपिलवस्तुको चुनावमा १ हजार ७ सय ६५ मत खसेको थियो । ५२ सदस्यीय कार्य समितिको लागि आइतबार मतदान भएको हो ।
चुनावी प्रतिस्पर्धामा पार्टीका पूर्व जिल्ला सभापति भैसक्नुभएका राजेश आचार्य र वर्तमान जिल्ला उपसभापति अब्दुल कलाम रहनु भएको छ ।
।
