एमाले महाधिवेशनः ७०० मत खस्यो
काठमाडौं- नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान भइरहेको छ । मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदानमा ६ बजेसम्म करिब ७०० मत खसेको छ । मतदान यही गतिमा गए अझै ३ घण्टा लाग्न सक्ने निर्वाचन आयोगले जनाएको छ । अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाले उम्मेदवारी दिएका छन् ।