Connect with us
Kapilvast Forest

एमाले महाधिवेशन : ओलीपक्षले उम्मेदवारको सूची बाँडेकोमा रावलको आपत्ति

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

 

चितवन – सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनु भएको छ ।

आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाउनु भएको हो ।

उहााले भन्ु भयो , ‘मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।’

निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ । निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गर्नु भएको थियो ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu