Connect with us
Kapilvast Forest

अध्यक्षमा ओलीले ४०० मत ल्याउँदा रावलले ल्याए ४२

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

चितवन-नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।

निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाउनु भएको छ ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत खसेको छ ।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनु भउको छ । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu