Connect with us
Kapilvast Forest

विद्युत चोरी गर्ने ९ जना पक्राउ

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

विद्युत् मर्मतका लागि पोल चढेका इलेक्ट्रिसियनको खसेर मृत्यु

 

विराटनगर -विद्युत चोरी गर्ने ९ जना प्रकाउ परेका छन्। नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ९ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई विराटनगर वितरण केन्द्रका सुपरभाइजर लिलानाथ शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको प्राधिकरणले जनाएको छ। विराटनगर शाखाको प्रमुख रोषण खड्काले सोमबार राति ९ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुले प्रयोग गरेको विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको प्राधिकरणले जनाएको छ ।

पक्राउ पर्नेहरु विराटनगरका विभिन्न वडाका बासिन्दा हुन्। पक्राउ पर्नेहरु विराटनगर–६ का २२ वर्षीय मिलन कामत, वडा नं. १२ का ५६ वर्षीय जोगी रिखियासन, २८ वर्षीय लखीचन्द ऋषिदेव, २४ वर्षीय कात्र्तिक ऋषिदेव, ३२ वर्षीय शम्भु ऋषिदेव, वडा नं. १४ का ४५ वर्षीय संजीव राजवंशी, १८ वर्षीय त्रिलोक यादव, वडा नं. १८ का ३५ वर्षीय चन्दन दास तजमा र ६० वर्षीय रामधरम महतो रहेका छन् ।

पक्राउ परेकाहरुलाई मोरङ प्रहरीको नियन्त्रणमा राखिएको छ। उनीहरुविरुद्ध खपत गरेको विद्युतको आधारमा कारबाही गरिने बताइएको छ । उनीहरुले कति चुहावट गरेका छन् त्यसको आधारमा कारबाही हुन्छ,’ प्रमुख खड्काले भने,‘कति विद्युत खपत गरे भन्ने औसत तथ्यांक निकालिन्छ। त्यसको आधारमा दण्ड जरिवाना हुन्छ। यस्तो केसमा सामान्यतः जरिवाना तिरेर उनीहरु निस्कन्छन्।’

नेपाल विद्युत प्राविधिकरण विराटनगर शाखाले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको छ। अनाधिकृतरुपमा विद्युत चुहावट गर्ने कामलाई निष्तेज पार्न प्राविधिकरणको प्रदेश १ को विराटनगर शाखाले नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu