Connect with us
Kapilvast Forest

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमाले उपस्थित नहुने

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

 

 

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (मंगलबार) विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले विश्वासका मतका लागि शाहीले प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनमा शाहीको नेतृत्वमा सरकार बनेको हो । कर्णाली प्रदेशसभामा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यस मध्य एमालेका १३, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका छ र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् । मुख्यमन्त्री शाहीलाई २१ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
आज बस्ने बैठकमा प्रदेश प्रमुखले प्रदेशसभा बैठक आव्हन गरेको पत्र पठाउने सुनाउने, दलका प्रतिनिधिहरुले आआफ्नो भनाई राख्ने कार्य सूचि रहेको सचिव बुढाथोकीले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीले आज विश्वासको मत लिए पछि मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ । मुख्यमन्त्री शाहीको नेतृत्वमा सरकार गठन भएको एक महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् । मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । अहिलेसम्म मुख्यमन्त्रीले एक जना मन्त्री मात्र नियुक्त गर्नु भएको छ । उहाँलेसमाजबादीका चन्द्र बहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नु भएको हो ।
तर प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित नहुने भएको छ । एमाले महाधिवेशनमा सहभागि हुन प्रदेशसभा सदस्यहरु चितवन गएकाले बैठकमा सहभागि हुन नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंगश शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँलेहरुलाई एमाले महाधिवेशन भएको थाहा थियो । त्यही अनुसार प्रदेशसभा बैठक बोलाउनुपथ्र्यो । अहिले हामी यता छाँै कसरी सहभागि हुने ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu