एमाले महाधिवेशनमा नौ करोड खर्च
चितवन – नेकपा (एमाले)को दशौं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अनुमानभन्दा दुई करोड रुपैयाँ बढी खर्च भएको बताउनु भयो ।
महाधिवेशन निर्धारित समयभन्दा दुई दिन बढी लम्बिँदा खर्च बढेको तामाङले बताउनु भयो । एमालेले ७ करोड ५० लाख रूपैयाँमा महाधिवेशन सक्ने अनुमान गरिएको उहाँले बताउनु भयो ।
एमाले महाधिवेशन मंसिर १० गते उदघाटन भएको हो।