Connect with us
Kapilvast Forest

एमाले पदाधिकारी निर्वाचनमा कसको कति मत?

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौँ — एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भहुनु भएकोछ । अध्यक्षका प्रत्यासी भीम रावलले भने २२४ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याउनु भएको छ । उहाँले १९८० मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२९, सुवास नेम्बाङले १८६९, विष्णु पौडेलले १८५९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२६ मत ल्याउनु भयो ।

 

 

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७८ मत प्राप्त गर्नु भयो । योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०७, छविलाल विश्वकर्मा १८०६ र पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०७, र रघुवीर महासेठले १५०३ मत ल्याउँदै सचिव पदमा निर्वाचित हुनु भयो ।

सचिवमा पराजित भीम आचार्यले ७८९ सय र टंक कार्कीले ५६० मत प्राप्त गर्नु भयो ।वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन हुनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu