Connect with us
Kapilvast Forest

रावल र भुसाल केन्द्रीय सदस्यमा विजयी, कार्की केन्द्रीय सदस्यमा पनि पराजित

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

चितवन – भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्।केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उहाँहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गर्नु भयो ।

रावल ९०४ र भुसालले १२ सय ६४ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी हुनु भएको हो । रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित हुनु भएको छ । आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराउनु भयो ।

उहाँले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको केन्द्रीय सदस्यमा पनि स्वतः उम्मेदवार हुने भएकाले त्यसो गरिएको बताउनु भएको छ । सचिवमा पराजित भीम आचार्य पनि केन्द्रीय सदस्यमा विजयी हुनु भएको छ भने सचिवमै पराजित टंक कार्की भने केन्द्रीय सदस्यमा पनि पराजित हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu