Connect with us
Kapilvast Forest

कांग्रेस युवा नेता थापाद्वारा लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवारी घोषणा

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश सदस्यमा कपिलवस्तुका युवा नेता अजय थापाले उम्मेदवारी घोषणा गर्नु भएको छ ।कपिलवस्तुको शिवराजमा स्थायि बसोवास गर्दै आउनु भएका थापा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुन्छ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार उहाँले आफनो उम्मेद्वारी घोषणा गर्नु भएको हो ।

खुल्ला कोटा कपिलवस्तु जिल्लाबाट उम्मेदवारी दिन थाल्नु भएको हो । उहाँ सासंद अभिशेक प्रताप शाहको निकै निकट तथा देउवा पक्षका नेताका रुपमा परिचित हुनुन्छ ।

जीवनको महत्वपूर्ण उत्पादनशील समय देश, जनता र लोकतन्त्रको लागि खर्चेको बताउने थापा एक उर्जाशील युवाको नामले परिचित हुनुन्छ । सबै पक्षको सहयोग, माया, स्नेह र आग्रहका साथ लुम्बिनी प्रदेशको सदस्य पदमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

पार्टी प्रति विगतमा दिएका योगदान, अनुभव र दक्षतालाई आधार बनाउँदै सबै पक्षलाई आफ्नो जितका लागि हार्दिक अनुरोध गर्दै उहाँले जित सुनिश्चित भएको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu