Connect with us
Kapilvast Forest

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन: उम्मेदवारको मनोनयन भोलि, पर्सी चुनाव

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं  -संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ।कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजदेखि प्रदेश अधिवेशन गर्न लागेको छ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन्।

प्रदेश अधिवेशन आज उद्घाटन गर्ने कार्यक्रम छ। कांग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्।प्रदेश अधिवेशन गर्नका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ।

प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ।

यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समिति संयोजक रहेका छन्।

प्रदेश अधिवेशनमा कांग्रेसका सभापति शेरबहादुर देउवानिकट, वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकटबीच प्रतिस्पर्धा हुने देखिएको छ।प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन्।

कांग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ। प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन्। कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ।

आज प्रदेश अधिवेशन उद्घाटन गर्ने, मंसिर १७ मा मनोनयन गर्ने र १८ मा चुनाव गर्ने कार्यतालिका बनेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu