महाराजगन्जका ७ सय ज्येष्ठ नागरिक सम्मानित
बृजेश यादव- कपिलवस्तु, कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको ९ न वडा कार्यालयको आयोजनामा ज्येष्ठ नागरिक कार्यक्रम सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा ७० बर्ष माथिको ७ सय जेष्ठ नागरिकहरुलाई सम्मान स्वारुप कम्मल बितरण गरि सम्मानित गरिएको वडा अध्यक्ष उदयराज कुर्मिले जानकारी दिनु भयो ।
जाडो बाट बच्नाको कम्मल बितरण गरिएको वडा अध्यक्ष कुर्मिले बताउनु भयो ।
९ न वडा कार्यालयको वडा अध्यक्ष उदयराज कुर्मिको अध्यक्षता नगरप्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यता,नगर उपप्रमुख शुभावती कुर्मी को बिशिस्ट अतिथिय्तामा आज ३०० जना जेष्ठनागरिकहरुलाई कम्मल बितरण गरिएको तथा ४०० जनालाई भोलि बितरण गरिने वडा अध्यक्ष कुर्मिले जानकारी दिनु भयो ।