Connect with us
Kapilvast Forest

राप्रपा महामन्त्रीमा कुन्ती शाही र रेखा थापाको प्रतिस्पर्धा

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

 

काठमाडौं -राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ। महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन हुन नसक्दा निर्वाचनका कार्यक्रम अगाडि बढेको भने छैन।
आज बेलुकीसम्म मतदाता नामावली सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ, तर अझै ६ जिल्लाका महाधिवेशन प्रतिनिधिबीचका विवाद सुल्झाउन बाँकी छ।

भृकुटीमण्डपमा बिहीबार दिउँसो भने अध्यक्षका दुई उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देन पक्षले मत माग्दै प्रचारप्रसार गरिरहेका छन्।
अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा थापा र लिङ्देन पक्षले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन्।
विभिन्न पदका आकांक्षीहरू खुल्न थालेका छन्। यसैक्रममा थापा पक्षबाट महामन्त्री पदमा नेता कुन्ती शाहीले उम्मेदवारी दिने भएकी छन्। उनले प्रचारप्रसार अघि बढाएकी छन् भने भोट माग्न थालेकी छन्।
साथै लिङ्देन पक्षबाट महामन्त्री पदमा नायिकासमेत रहेकी नेता रेखा थापाले पनि उम्मेदवारी दिने भएकी छन्। राप्रपामा एक जना महिलासहित तीन महामन्त्री रहने व्यवस्था छ। महिला महामन्त्री पदमा कुन्ती र रेखा आमनेसामने हुने भएका छन्।
अध्यक्ष थापा पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, रोशन कार्कीलगायत चर्चामा छन्। राप्रपामा एक महिलासहित तीन जना उपाध्यक्ष रहने व्यवस्था छ।
लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सीना उपाध्यक्षमा आकांक्षी छन्। महामन्त्री पदमा थापा पक्षबाट भाष्कर भद्रा, कुन्ती शाही र भुवन पाठकको चर्चा छ।
साथै महामन्त्री पदमा लिङ्देन पक्षबाट गोविन्द खनिया, धवलशम्शेर राणा र रेखा थापा आकांक्षी छन्।
राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्।
सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu