Connect with us
Kapilvast Forest

कक्षा–१२ को नतिजा आज सार्वजनिक हुने

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ ।बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एक/दुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

बोर्ड बैठकले आजै नतिजा निकाल्ने निर्णय पनि गर्न सक्नेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।

देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ ।हिजोदेखि छुटेका विद्यार्थीहरुका लागि परीक्षा सुरु भएको हो । परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।

गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । यस्तै, कोभिड(१९ का कारण परीक्षा दिन नपाएकाहरूले बुधबारदेखि परीक्षा दिएका छन् ।कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu