Connect with us
Kapilvast Forest

कांग्रेस कपिलवस्तु निर्वाच: दुई मतले हारेपछि पुन मतगणना गर्न माग

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत कपिलवस्तु जिल्लामा मंसिर १२ मा भएको जिल्ला निर्वाचनमा सदस्य पदमा उम्मेदवारि दिई पराजित भएका उम्मेदवार बाणगंगा ७ का युवा नेता भक्ति शर्मा (गुरुले) आफुले पाएको मतपरिणाम प्रति असन्तुष्टि ब्यक्त गर्दै पुन मतगणना गर्नका लागि आग्रह स्वरुप निर्वाचन अधिकृतलाई निबेदन बुझाउनु भएको छ ।

शर्मा कपिलवस्तु जिल्लाका एक सफल मेहनती इमान्दार व्यवसायीको रुपमा परिचित छन । मत गणनाको क्रममा त्रुटी भएकोले शर्माले मतदानको मतपरिणाम सार्बजनिक गर्दा माईकिङ्ग १ मतले पराजित भनी सार्बजनिक गरेको तर सोही मतपरिणामको नतिजा कागज अर्थात लिष्टमा आउँदा २ मतअन्तरले पराजित लेखिएर आएको बताउनु भयो । त्यशपश्चात सत्यता के हो भनेर थाहा पाउनका लागी निर्वाचन अधिकृतलाई पुन मतगणनाको लागि निबेदन पेश गरेका छन भने त्यो मत गणनाको यथार्थ विवरण केहो यर्थाता नआए मतगणमा धादली गरेको उहाँको ठहर छ ।

मतगणनामा देखिएको त्रृटीले गर्दा उहाँ मात्र नभएर अरु जो कोही को पनि तल माथि भएको हुन सक्ने आशंका व्यक्त गर्दै प्रदेश अधिवेशन सकि लगतै पुन मत गणनाका लागि माग राख्दै आउनु भएके छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu