Connect with us
Kapilvast Forest

लुम्बिनी कांग्रेस अधिवेशनमा मतदान सुरु

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

 

 

रुपन्देही -नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो ।

भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा। बुद्धबहादुर थापाले जानकारी दिए । निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका छन् ।

१६४८ मतदाता रहेको लुम्बिनी प्रदेशको निर्वाचनमा दिउँसो २ बजे सम्म ८०० मत खसि सकेको छ ।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्। संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu