Connect with us
Kapilvast Forest

अष्ट्रेलियाको स्थानीय चुनाव जित्ने भद्रा पहिलो नेपाली

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

एजेन्सी -अस्ट्रेलियाको स्थानीय निर्वाचनमा नौ जना नेपाली मुलका उम्मेदवार मैदानमा उत्रिए पनि पहिलो दिन लेबर पार्टीबाट नगर सदस्य (काउन्सिलर) मा उम्मेदवार दिएकी भद्रा वाइवा विजयी हुनु भएको छ ।

नेपालको सिन्धुली घर भएकी भद्राले अस्ट्रेलिया सरकारको प्रतिपक्षमा रहेको लेबर पार्टीबाट बैंकसटाउन काउन्सिलको रोजल्यान्ड वडामा टिकट उनु भएको
थियो ।मत गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी छ। सोमबार औपचारिक कार्यक्रमबीच निर्वाचन समितिले प्रमाणपत्र दिने कार्यक्रम रहेको नवनिर्वाचित भद्राका श्रीमान गणेश तामाङले बताउनु भयो ।

सम्भवतः भद्रा अस्ट्रेलियाको इतिहासमा स्थानीय निर्वाचनमा नगर परिषद सदस्यमा निर्वाचित हुने पहिलो नेपाली मुलकी महिला हुन्। यसअघि संघीय सांसद र अन्य पदमा नेपालीले उम्मेदवारी दिए पनि सफलता हात पाउनु भएको थिएन ।

शनिबार सम्पन्न अस्ट्रेलियाको स्थानीय चुनावमा ९ जना नेपाली मुलका व्यक्तिले विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै उम्मेदवार बन्नु भएको थियो । भद्राबाहेक अन्य उम्मेद्वारले सोचे अनुसार सफलता पाउन सकेनन्।

लिबरल पार्टीबाट क्याम्पवेलटाउन काउन्सिलमा उठेका विनोद पौडेल पाँचौ नम्बरमा रहे। सोमबार साँझसम्म अन्य उम्मेदवारको अवस्था पनि सार्वजनिक हुनेछ। भद्रालाई शनिबार नै लेबरका सांसद तथा स्थानीय नेताले एक कार्यक्रमबीच बधाई दिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu