भलवारीका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण
बृजेश यादव- कपिलवस्तु,
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको वडा नं ६ भलवारीको आयोजनामा ज्येष्ठ नागरिक कार्यक्रम सम्मान स्वारुप न्यानो कपडा वितरण गरिएको छ ।
वडा कार्यालयको आयोजनामा ७० बर्ष माथिको जेष्ठ नागरिकहरुलाई कम्मल बितरण गरि सम्मानित गरिएको वडा अध्यक्ष हेमन्त कुमार चौधरीले जानकारी दिनु भयो ।
जाडो बाट बच्नाको कम्मल बितरण गरिएको वडा अध्यक्ष कुर्मिले बताउनु भयो ।
वडा अध्यक्ष हेमन्त कुमार चौधरीको अध्यक्षता नगरप्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यता,नगर उपप्रमुख शुभावती कुर्मी र प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलको बिशिस्ट अतिथिय्तामा आज ६ भन्दा बढी जेष्ठ नागरिकहरुलाई कम्मल बितरण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।