तोरी फुलेर ढपक्क (फोटो फिचर)
कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि ३ मसुरेमा चिटिक्क देखिएको छ। परम्परागत नेपाली शैलीका घरसँगै तोरी फुलेर पहेंलपुर बनेको मसुरे यति बेला निकै मनमोहक देखिन्छ । तोरी फुलेर खेतबारी छपक्क ढाकेको छ । जसले गर्दा बस्ती नै चिटिक्क सजिएको छ । नजिक रहेका रनगाई, टाँकु लगायतका बस्तीसमेत सुन्दर देखिएका छन् । वनक्षेत्रसँग जोडिएको मसुरेमा भूमिहीन सुकुम्बासीको बस्ती रहेको छ ।तोरीको सिजन सुरु भएसँगै कपिलवस्तुका धेरैबस्ती प्राकृतिक रुपले सिँगारिएका छन् ।