Connect with us
Kapilvast Forest

कपिलवस्तुको सहायक सिडिओमा अनिल पौडेल

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा अनिल पौडेल आउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पौडेल सहायक सिडिओको रुपमा आउनुभएको हो । हालसम्म कार्यरत गशेणबहादुर नेपाली सरुवा भई रौतहट गएपछि अर्घाखाँची घर हुनुभएका पौडेल कपिलवस्तु आउनुभएको हो ।

पौडेल यसभन्दा अगाडी बुद्धभूमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । एक बर्ष बढी बुद्धभूमिमा रहेर काम गर्नुभएका उहाँ सहायक सिडिओको रुपमा कपिलवस्तु नै आउनुभएको हो ।

पौडेलले अख्तियार, स्थानीय तह लगायतका सरकारी कार्यलयमा काम गरेको अनुभव छ । गएको शुक्रबारबाट कपिलवस्तु प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम थालेको बताउनुभयो ।

प्रशासनिक काममा अब्बल देखिदै आउनुभएका पौडेल जिल्ला प्रशासनमा आएपछि नागरिकले सहज रुपमा सेवा आउने अपेक्षा गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu