Connect with us
Kapilvast Forest

भैलो खेलेर उठेको रकम बाल गृहलाई सहयोग

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

कपिलवस्तु- देउसी भैलो खेलेर उठेको रकमबाट बाणगंगा नगरपालिका वडा नं.७ बनगाईका युवाहरुले आर्थिक सहयोग गरेका छन् । युवाहरुले जिल्ला सदरमुकाम तौलिहवास्थित कपिलवस्तु बाल गृहलाई सहयोग गरेका हुन् ।

देउसी भैलो खेलेर जम्मा गरेको रकम रू. १५ हजार रकम बालगृहमा गई बनगाईका युवाहरुले गरेपछि बाल गृहका बालबालिकाहरुले खुशी व्यक्त गरेका छन् ।

बालगृहका बालबालिकाहरुको लालनपालनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले सहयोग स्वरूप सो १५ हजार रकम बालगृहका प्रमुख राम प्रसाद अर्याललाई हस्तान्तरण गरिएको छ । युवा समाज सेवीहरू क्षितिज गैरे, निरज भुसाल, रूपेश बगाले, अमन बिश्वकर्मा, दिलिप गिरी र सविन क्षेत्रीले सो रकम बालगृहका प्रमुख अर्याललाई हस्तान्तरण गरेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu