कांग्रेस लुम्बिनीको सदस्यमा कपिवस्तुकि २४ बर्षिया अलविरा बिजयी
कपिवस्तु-नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा डा।अलविरा खान बिजयी हुनु भएको छ ।उहाँले ८८१ मत सहित पौडेलसमुहबाट सदस्यमा निर्बाचित हुनु भएको हो । उहाँ मुस्लिम समुदायबाट प्रदेश सदस्य बन्नु भएको हो ।
कपिलवस्तु(३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उहाँले लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवारी दिनु भएको थियो त्यसतैगरी लुम्बिनी प्रदेश महामन्त्री पदमा कपिलवस्तुका सुरेन्द्र राज आचार्य पनि विजयी हुनु भएको छ।
आफु निर्वाचित पछि प्रतिर्कया दिँदै पिछडिएको समुदायको आवाज उठाउँन जनीति रोजेको बताउनु भयो ।मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएँकी थिएँ, अहिले २४ वर्षकी भएँ,प्रदेश सदस्यमा जिताउनुहुने सबैलाई हार्दिक धन्यबाद दिन्छु। डा। खानले भन्नु भयो । एमबीबीएस सकेर एमडी गर्न लागेकी अलविराले समाज रुपान्तरण गर्ने बताउनु भयो ।