Connect with us
Kapilvast Forest

कपिलवस्तु उद्योग बाणिज्य सघं महोत्सव लगाउने तयारीमा

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

कपिलवस्तु-कपिलवस्तु उद्योग बाणिज्य सघंले बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा चौधौँ कपिलवस्तु महोत्सव लगाउने तयारी थालेको छ । यहीँ माघ १४ गतेबाट १० दिनसम्म सञ्चालन हुने गरी महोत्सवको सञ्चालनका लागी तयारी सुरु भएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताउजु भयो । महोत्सव सफल पार्नका लागी यसअघिनै बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर संयोजक रहने गरी प्रस्तावना लेखन तथा पुर्व तयारी उपसमिति गठन भईसकेको छ ।

प्रस्तावना लेखनका काम पुरा भइसकेको रेश्मीले बताउनु भयो । कोरोना महामारी कारण बिगत २ बर्ष महोत्सव सञ्चालन हुन नसकेको भएता पनि यस बर्ष महोत्सवलाई ऐतिहासिक बनाउने योजना रहेको सघंका महासचिव मनोज पौडेलले बताउनु भयो ।

माघ १४ बाट महोत्सव सञ्चालनका लागी अध्यक्ष घिमिरेले गृहमन्त्री बालकृष्ण खाणसगं कुराकानी गरेको बताउनु भयो । कोरोनाको तेस्रो लहर भित्रिए महोत्सव संचालन गर्ने या नगर्ने भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको तर पनि माघ १४ गतेबाटै महोत्सव संचालन गर्ने गरि तयारी थाल्न गृहमन्त्री खाँणले आश्वासन दिएको अध्यक्ष घिमिरेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu