Connect with us
Kapilvast Forest

युएईमा अबदेखि हप्तामा साढे चार दिन काम गर्नुपर्ने

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

एजेन्सी– संयुक्त अरब इमिरेट्स (युएई) मा हप्तामा साढे चार दिन काम गर्ने नियम बनाइएको छ ।युएईले यसअघि हप्तामा दुई दिन बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि मात्रै बिदा दिने बताएको हो ।

यो नियम आगामी जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा भने जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता नियम लागू हुने जनाइएको छ ।

अरू दिनहरूमा बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरू खुल्ने त्यहाँको सरकारलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो पारिएको जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu