Connect with us
Kapilvast Forest

रूपन्देहीमा भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान बरामद

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

 

रूपन्देही -भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो।

ओमसतिया गाउँपालिका(४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनु भयो ।

उक्त बलेरोका चालक ओमसतिया(५ का ३२ वर्षीय परदेशीप्रसाद सहनीलाई प्रहरी नियन्त्रणमा लिएको छ। बरामद सामानमा लेडिज सुट, मेसिनरी उपकरणका पार्टपुर्जालगायत छन्। गाडी र बरामद सामान भन्सार कार्यालय पठाइएको छ।

प्रहरीले तीन दिनअघि पनि भन्सार छलेर ल्याइएको १८ लाख रुपैयाँ बराबरको जुत्ता बरामद गरेको थियो। भन्सार चोरी पैठारीमाथि आक्रामक कारबाही भइरहेको केसीले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu