Connect with us
Kapilvast Forest

भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

माधव बेल्वासे
चन्द्रौटा,२३ मंसिर
अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता जनाइएको छ । किडार्क नेपाल कपिलवस्तुको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता सहित हस्ताक्षर गरिएको छ ।
कार्यक्रममा उपस्थित सबैले भ्रष्टाचार नगर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले जनचेतनाको अभावले समाज धेरै निकायमा भ्रष्टाचार हुने गरेको बताउनुभयो । समाजमा अझै पनि पैसा नदिँदा सम्म काम भरपर्दो हुँदैन भन्ने विश्वास रहेकोले जटिल समस्या निम्तिएको बताउनुभयो ।
पैसा लिने र दिने दुवै अपराधी रहेकोले कसैले अनावश्यक रूपमा पैसा मागे तथा सामाजिक काममा व्यक्तिगत स्वार्थ पुर गर्नु गैर कानुनी रहने बताउनुभयो । कार्यक्रममा वडा न १ का अध्यक्ष जगत जिसिले भ्रष्टाचार नियन्त्रण गर्न सबै जागरूक हुनुपर्ने बताउनुभयो । नयाँ पीढी युवाहरू सक्रिय भएर भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्ने बताउनुभयो ।


आफू निर्वाचित भए पश्चात् वडामा अनावश्यक रकम लिने तथा व्यक्तिगत स्वार्थ पुरा गर्न नागरिकलाई सास्ती दिने कुनै क्रियाकलाप नगरेको प्रतिबद्धता जनाउनुभयो । इलाका प्रशासन कार्यालय चन्द्रौटा शाखा अधिकृत भिमलाल विकले नेपालमा पछिल्लो भ्रष्टाचारको अवस्था ,कानुनी व्यवस्था र यो न्यूनीकरण गर्न नागरिकको भूमिका बारेमा प्रकाश पार्नुभएको थियो ।
किडार्क नेपालका संयोजक कृष्ण रावलको अध्यक्षतामा रहेको कार्यक्रममा शिवराज नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल,वडा अध्यक्षहरु,सञ्जालका किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu