Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा हस्ताक्षर अभियान

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

दिपक भण्डारी– कपिलवस्तुको बिजयनगर गाउँपालिकामा अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवसको अवसरमा शुन्य सहनशीलताका लागी भ्रष्टाचार विरुद्ध बृहत हस्ताक्षर अभियान सम्पन्न भएको छ । हस्ताक्षर अभियान विजयनगर गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमलाल पोख्रेलले हस्ताक्षर गरि अभियानको सुरुवात गर्नु भएको थियो । म भष्ट्चार गर्दैन भन्दै विजयनगर गाउँपालिका कर्मचारी र स्थानीयले हस्ताक्षर गरेको स्थानीय युवा प्रभात न्यौपानेले जानकारी दिनु भयो । हस्ताक्षर अभियान बिजयनगर गाउँपालिकको कार्यालय तथा वाडहरुमा सम्पन्न भएको हो ।

कार्यक्रमको आयोजना आदर्श युवा क्लब तथा युवा सूचना केन्द्र बिजयनगर कपिलवस्तुले गरेको थियो । त्यस्तै जिल्ला युवा क्लब संजाल कपिलवस्तु तथा इन्द्रेणी ग्रामिण बिकास केन्द्रको सहयोगमा हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न भएको विजयनगरका स्थानीय युवा दिनेश तिमिल्सिनाले बताउनु भयो । हस्ताक्षर अभियानमा ऎक्यबद्धता जनाउदै विजयनगरका १ सय ५० जना भन्दा बढीले हस्ताक्षर गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu