Connect with us
Kapilvast Forest

कांग्रेसको महाधिवेशनमा ४ हजार ७४३ मतदाता (सूचीसहित)

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार कांग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।

उनले भने, ‘यो संख्या १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवशेन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट मनोनित र जनसम्पर्क समितिबाट चयन भएका प्रतिनिधिहरुको हो ।’

१४ औं महाधिवेशनअन्तर्गत २२ मंसिरमा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको कांग्रेसले शुक्रबार अन्तिम नामावली प्रकाशित गरेको हो ।

शुक्रबार कांग्रेस महाधिवेशनको उद्घाटन भएको छ । अब शनिबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मंसिर २७ गते मतदान हुने महाधिवेशन कार्यतालिका रहेको छ ।

केन्द्रीय सदस्य एवं देशभरबाट ४ हजार ४२२ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट १२५ महाधिवेशन प्रतिनिधि सिफारिस भएका छन् भने जनसम्पर्क समितिबाट १८४ जना महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।

हेर्नुहोस् महाधिवेशन प्रतिनिधिको सूची

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu