Connect with us
Kapilvast Forest

सर्वोदय सहकारीलाई प्रदेशमै नमुना बनाऔं : सांसद के.सी

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज १ चैनपुरमा रहेको सर्वोदय महिला बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीेले सहकारीले नागरिकहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । ऋण लिने र दिने मात्र नभई कृषि तथा सीपमुलक क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो । केसीले महिलाहरु मात्र भएको सहकारीलाई प्रदेशमै नमुना रुपमा विकास गर्न सुझाव दिनुभयो ।

नगरमा कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न आवश्यक रहेकोले यसमा सहकारीहरुको भुमिका बढि हुने बताउनुभयो । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरका सहकारीको विकासमा जोड दिएको बताउनुभयो । सानो रकमवाट ठुलो सहकारी निर्माण भएको बताउँदै सहज रुपमा कर्जा लिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

सभामा उपप्रमुख शिवकुमारी थारुले महिलाहरुको सहकारीले जिविको पार्जनमा सहजता भएको बताउनुभयो । साधारण सभा संस्थाको वार्षिक कृयाकलाप वारे सार्वजनिक गर्ने थलो भएकोले यसमा सबै सदस्यले सहकारीको अवस्था वारे जानकारी लिनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा शिवपुर खानेपानि संमितिका अध्यक्ष ढुण्डीराज अधिकारी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु खतिवडा,व्यावार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,सगरमाथा वल्थफेयर सोसाइटिका अध्यक्ष नेत्रप्रसाद बेल्वासे,समाजसेवि विष्णु अधिकारी लगएतको सहभागिता रहेको थियो । सहकारी अध्यक्ष टिका विकको अध्यक्षतामा रहेको कार्यक्रम संचालन सचिव सुशिला खनालले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu