Connect with us
Kapilvast Forest

‘एमसिसी नेपालको हितमा छैन’

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

 

सुर्खेत-विभिन्न राजनीतिक पार्टीका नेताहरूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा नभएको जिकिर गरेका छन् ।कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सात राजनीतिक पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेताहरूले एमसिसीमा उल्लेख गरिएका प्रावधान नेपालको पक्षमा नभएको दाबी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले एमसीसी पारित गर्न नहुने बताए । उनले एमसीसी सम्झौतामा भएका प्रावधान नेपाली जनताको हितमा नभएको जिकिर गरेका हुन् ।

राजमो सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी र नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समिति इन्चार्ज सिपी शर्मा, नेकपा (मसाल) कर्णाली प्रदेश प्रतिनिधि मोहन थापा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समिति संयोजक श्याम कुँवर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णाली प्रदेश समिति अध्यक्ष दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माले) का कर्णाली प्रदेश समिति सचिव बलबहादुर कुँवर लगायतले एमसीसी देशको हितमा नभएको बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu