Connect with us
Kapilvast Forest

प्रदेश २: लोसपाको अध्यक्षमा सोनल मनोनित

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

 

जनकपुरधाम -लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश २ का अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरिएको छ। पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका सोनललाई अध्यक्षमा चयन गर्नु भएको हो ।

लोसपा नेपालको अन्तरिम विधान अनुसार प्रदेश अध्यक्षको जिम्मेवारी उहाँलाई दिइएको हो। त्यस्तै प्रदेश २ का सचिवमा नेता रामविनोद चौधरी (पप्पु)लाई जिम्मेवारी दिइएको छ।

४ जिल्लामा अध्यक्ष चयन

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले प्रदेश २ का ८ मध्ये ४ जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, बारा र पर्सामा जिल्ला अध्यक्ष चयन गर्नु भएको हो ।

पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयत गरेको छ। लोसपा नेपालको अन्तरिम विधान अनुसार चारै जनालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको छ।

लोसपाले प्रदेश २ का बाँकी चार जिल्ला सर्लाही, रौतहट, सिरहा र सप्तरीमा चाँडै जिल्ला अध्यक्षहरु चयन गरिने जनाएको छ। त्यस्तै, अध्यक्ष ठाकुरले उमाकान्त झालाई धनुषा र अभिराम शर्मालाई महोत्तरी जिल्लाको पर्यवेक्षकमा मनोनयन गर्नु भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu