विहीबारसम्मको मौसम पूर्वानुमान
काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको पहाडी भागमा आंशिक बदली रहि देशका अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ। मगलबार दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार दिउँसो प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।
विहीबार दिउँसो प्रदेश नं १ तथा प्रदेश २ मा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।