Connect with us
Kapilvast Forest

चिसो बढेसँगै विद्युत् उत्पादन घट्यो भारतबाट ६५० मेगावाट ल्याउन सुरु

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं-नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदिहरुमा पानीको सतह कम हुन थालेपछि विद्युत् उत्पादनमा कमी आएपछि दैनिक ६५० मेगावाट विद्युत आयात गर्नु शुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिनुभयो ।

प्राधिकरणले शुक्रबारदेखि बिहान ९ः३० देखि ४ः३० बजेसम्म भारतबाट विद्युत् आयात शुरु गरेको भटट्राईले जानकारी दिनुभयो । हाल नेपालमा नौ सय मेगावाट विद्युत उत्पादन हुँदै आएको पनि १५ सय ५० मेगावाट विद्युत् माग हुने भएकाले माग अनुसार खपत गर्न ६५० मेगावाटसम्म विद्युत् आयात शुरु गरेको प्राधिकरणले जनाएको छ ।

पिक आवरमा बढी माग हुने भएकाले यसको व्यवस्थापनका लागि बिहान बेलुकी आवश्यकताका आधारमा कुलेखानी जलाशययुक्त आयोजनाको पानी प्रयोग गरेर आवश्यकता पूर्ति गर्दे आएको छ जनाएको छ । खासगरी ठूलो मागलाई धान्नुपर्ने भएकाले कुलेखानीको पानी खासै प्रयोग नगरेको जनाएको छ ।

यस अघि वर्षाको समयमा माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन भएसँगै नेपालले थप पाँचसय मेगावाट विद्युत् खपत गर्न सकेको थिएन तर अधिकांश आयोजनामा पानीको सतह कम भएसँगै विद्युत् उत्पादन ६० प्रतिशतभन्दा कम उत्पादन हुने गरेको प्राधिकरणले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu