Connect with us

लिड्सको पोष्टमा सिटीको ७ गोल

२०७८, २९ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं-इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि आधा दर्जन गोल गरेको छ।मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा कायमै रहेको छ।

सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १-१ गोल गरे।सिटीले पहिलो हाफमै ३ गोल गरेको थियो भने दोस्रो हाफमा थप ४ गोल गर्दै सानदार जित निकाल्यो।

डिफेन्डिङ च्याम्पियन सिटीले यो सिजनकै सबैभन्दा ठूलो जित निकालेको खेलमा आठौं मिनेटमै सुरूआती अग्रता लियो। फिल फोडेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा ज्याकले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। ३२ औं मिनेटमा डि ब्रुयनले गोल गर्दा सिटीले पहिलो हाफमै ३-० को अग्रता बनायो।

दोस्रो हाफमा थप आक्रम देखिएको सिटीका लागि रियादले ४९ औं मिनेटमा गोल गर्दै अग्रता ४-० मा पुर्‍याए। ६२ मिनेटमा ब्रुयनले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटी ५-० ले अघि रह्यो। स्टोनेसले ७४ औं मिनेटमा गोल गर्दै ६-० गोल पुर्‍याए । नाथनले ७८ औं मिनेटमा गोल गर्दा सिटीले ७–० अन्तरको फराकिलो जित पायो ।

जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। १७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ। १ खेल कम खेलेको लिभरपुल ३७ अंकसहित दोस्रो स्थानमा छ। पराजित लिड्स भने १७ खेलबाट १६ अंक बनाउँदा १६ औं स्थानमा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu